नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बस्ने, ओखलढुंगा लिखु गाउँपालिका–३ घर भएका २८ वर्षीय प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराज नगरपालिका–१ घर भएकी २४ वर्षीया कविता वेल्वासे रहेका छन्।

प्रहरीका अनुसार प्रदीपले कम्बोडिया पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ र कविताले यूएई पठाइदिने भन्दै अर्का एक जना पीडितबाट १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–३ र १२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्