नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी प्रहरी जवान मनिषा सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान मनिषा सुवेदी उत्कृष्ट प्रहरी ' बेस्ट पुलिस अफ द मन्थ' घोषित भएकी छिन् ।

उनलाई उत्कृष्ट कार्यसम्पादन, अनुशासन, कर्तव्यनिष्ठा तथा व्यावसायिक दक्षताको कदर गर्दै कार्यालयले असार महिनाको उत्कृष्ट प्रहरी घोशीत गरेको हो।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले  जवान सुवेदीलाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्