नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

चितवन । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१० शेरवाङका २२ वर्षीय सुशिल राना मगर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्