नेभिगेशन
सुरक्षा अपडेट

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकल सवार दुईजनाको मृत्यु

कपिलवस्तु । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको छ। 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्यपश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिए पनि चिकित्सकले आज बिहान बजे मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ। शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीको नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्