नेभिगेशन
सुरक्षा अपडेट

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा कोहलपुरमा तीन कामदारको मृत्यु

नेपालगञ्ज । कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेका तीन जना कामदारको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ शान्ति टोलस्थित दया प्रसाद थारुको घरको आँगनमा निर्माण भइरहेको सेप्टिक ट्यांकीमा आज बिहान करिब ९ बजे काम गरिरहेका तीन जना कामदार फसेका थिए ।

घटनामा संलग्न तीनै कामदारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेहरूमा कोहलपुर नगरपालिका वडा नम्बर ३ का ४२ वर्षीय कालु थारु, २७ वर्षीय प्रकाश थारु र ३४ वर्षीय विर्जा थारु रहेका छन्। प्रहरीका अनुसार, उनीहरू सेप्टिक ट्यांकीमा काम गरिरहेको बेला नै फसेका थिए। प्रहरी टोलीले घटनास्थल पुगेपछि तत्कालै उद्धार कार्य शुरू गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्र डमरपालको नेतृत्वमा १५ जनाको प्रहरी टोलीले जेसिबीको मद्दतले सेप्टिक ट्यांकी फुटाएर ती कामदारलाई मृत अवस्थामा बाहिर निकालेको हो । 

शवहरूलाई पोष्टमार्टमको लागि भेरी अस्पताल ल्याइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्