नेभिगेशन
सुरक्षा अपडेट

भारतीय मोटरसाइकल पाल्हीनन्दनमा दुर्घटना,चालकको मृत्यु, दुई घाइते

काठमाडौं ।  मोटरसाइकल दुर्घटनामा भारतीय चालकको मृत्यु हुँदा दुई जना घाइते भएका छन्। 

प्रहरीका अनुसार नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–२, हरपुरमा युपी ५७ बीपी ४१६२ नम्बरको भारतीय मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँका २५ वर्षीय विजय चौहानको भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार भारतका २३ वर्षीय सतिस कुमार चमार तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ३६ वर्षीय कमल राना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएको मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्