नेभिगेशन
नेपाल प्रहरी

बसमा ३३ ग्राम खैरो हेरोइन लिएर आउँदै गरेका दुई युवक पक्राउ

काठमाडौं । ३३ ग्राम खैरो हेरोइनसहित लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरीको टोलीले दुई जनालाई  पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय थानकोट र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको बसमा सवार सिरहाको कर्जन नगरपालिका–३ का २४ वर्षीय समिर लामालाई ३३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा उक्त लागुऔषध लिन आएका सिरहाको त्रियुगा नगरपालिका–१२ का २८ वर्षीय जीवन लामालाई काठमाडौंको नागार्जुन–१४ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनास्थलबाट ३३ ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्