नेभिगेशन
सुरक्षा अपडेट

स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

कपिलवस्तु । स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार  कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका–२ निवासी १८ वर्षीय शिखर विकको मृत्यु भएको हो।

लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले शिखर विकले चलाएको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते भएकी छन्। उनको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कोर्पियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ का २६ वर्षीय केशव रिजाललाई प्रहरीले पक्राउ गर्दै  घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्