नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु

बाँके । नेपालगन्जको भैयापुरस्थित एक इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो।

घटना साउन १८ गते बिहान करिब ११:२० बजे हो। इट्टा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा आज बिहान करिब साढे ३ बजे मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। यसअघि पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको भने घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका वर्षादीको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्