नेभिगेशन
नेपाल प्रहरी

युके पठाउने नाममा लाखौं ठगी, २६ वर्षीय रिजवान पक्राउ

काठमाडौं । युके पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने २६ वर्षीय रिजवान शेष रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार रिजवानले वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरेको हो।

पक्राउ परेका शेषलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाएको प्रहरी प्रधान कार्यालयले  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्