नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीमा नयाँ तलब लागू, [यस्तो छ आईजीपीदेखि कार्यालय सहयोगीसम्मको तलब दर]

काठमाडौं । सरकारले नेपाल प्रहरीका सबै तहका कर्मचारीका लागि संशोधित तलबमान लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीका अधिकृतदेखि जवानसम्मको नयाँ तलब तथा सेवा–सुविधा निर्धारण गरिएको हो।

नयाँ व्यवस्था अनुसार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ७८ हजार ५७६ रुपैयाँ कायम गरिएको छ। अतिरिक्त महानिरीक्षक (एआईजी) ले ८४ हजार ५७६ रुपैयाँ मासिक तलब पाउने भएका छन्।

त्यसैगरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तलब ७३ हजार ७५० रुपैयाँ, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७१४ रुपैयाँ, प्रहरी उपरीक्षक (एसपी) को ६७ हजार ९२ रुपैयाँ, प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५४६ रुपैयाँ तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ६० हजार ८७४ रुपैयाँ निर्धारण गरिएको छ।

जुनियर अधिकृततर्फ  वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) ले ५२ हजार ६१६ रुपैयाँ  र   प्रहरी नायब निरीक्षक (सई) ले ४८ हजार ३८७ रुपैयाँ र प्रहरी सहायक निरीक्षक (असई) ले ४४ हजार ५७७ रुपैयाँ मासिक तलब पाउने भएका छन्। 

यस्तै, प्रहरी वरिष्ठ हवल्दारको तलब ३७ हजार ६४८ रुपैयाँ, प्रहरी हवल्दारको ३७ हजार ४५७ रुपैयाँ तथा प्रहरी सहायक हवल्दारको ३७ हजार १ रुपैयाँ कायम गरिएको छ। प्रहरी जवानको मासिक तलब ३६ हजार ३३८ रुपैयाँ तोकिएको छ भने नयाँ भर्ना हुने रिक्रुटले २७ हजार १७२ रुपैयाँ पाउनेछन्। प्रहरी कार्यालय सहयोगीहरूको तलब भने जिम्मेवारी र तहअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँसम्म कायम गरिएको सरकारले जनाएको छ।

सरकारले संशोधित तलबमानसँगै साउन १ गतेदेखि लागू हुने गरी सबै प्रहरी कर्मचारीलाई आधारभूत तलबको अतिरिक्त १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। नयाँ व्यवस्थाबाट नेपाल प्रहरीका सबै तहका कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ।

यस्तो छ नयाँ तलबमान दर-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्