नेभिगेशन
सुरक्षा अपडेट

घरदेखि केही मिटरमै दुर्घटना, मोटरसाइकलमुनि च्यापिएर बनगाउँका युवकको मृत्यु

दाङ । दाङको तुलसीपुरस्थित बनगाउँका एक युवा मोटरसाइकल दुर्घटनामा परि मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका २८ बर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकले च्यापेको अवस्थामा सडक किनारमा मृत अवस्थामा फेला परेका थिए।

घटनास्थलबाट फर्किएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले केसीको आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको बताए ।

‘घर नजिकै सडक किनारमा मोटरसाइकलले खुट्टा च्यापेको लडेको अवस्थामा अचेत फेला केसीलाई उद्धार पछि तुलसीपुर प्रादेशिक अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका हुन,’ डीएसपी पराजुलीले भने । प्रहरीका अनुसार राति ११ बजेपछि केसी दुर्घटनामा परेको अनुमान छ । केसीले हेलमेट नलगाई मोटरसाइकल हाँकेको पाइएको प्रहरीले जनाएको छ ।

केसीले चलाएको मोटरसाइकल छिमेकीको घरको भित्तामा ठोकिएर गेटमा लागेपछि उनी बाइकसहित सडक किनारमा पल्टिएको अनुमान गरिएको डीएसपी पराजुलीले बताए ।

हेलमेट नलगाई बाइक कुदाउँदा गम्मीर दुर्घटना भएको देखियो ,’ उनले भने ‘ घर नजिकै भएपनि गाउँ घर छिट्टै सुत्ने हुँदा उनी दुर्घटनामा परेको घरका मानिस र छिमेकी कसैले थाहाँ पाउन नसकेको र बिहान मात्रै दूध बेच्ने आउने मानिसले देखेपछि प्रहरीलाई सूचना गरेका थिए ।’

मृतक केसी परिवारका एक्ला सन्तान हुन । उनी अटो चालक थिए । पेट्रोल सकिए पछि उनी पेट्रोल ल्याउन सुकौरा जान्छु भनेर भनेर घरबाट निस्किएको परिवारका सदस्यले बताएका छन्।

त्यहाँबाट फर्किने क्रममा घर नजिकै उनी दुर्घटनामा परेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनले मापसे गरेको हुन सक्ने हुन सक्ने आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

मृतकको शब पोष्ट मार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्