नेभिगेशन
नेपाल प्रहरी

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित ३ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सहित तीन जना प्रतिवादी पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका लागि गठन गरेको व्यवस्थापन समूहका तर्फबाट जुगल किशोर कुशवाहले दिएको जाहेरीका आधारमा फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बाट तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दिपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्