नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गणेश पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा परेको जाहेरीका आधारमा चौकुने गाउँपालिका–७ खनैखोलास्थित ६४ बाबियाचौर (ग) नामले परिवर्तित पीडित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएका चौकुने गाउँपालिका–७ कोसीकाँडा बस्ने करिब २२ वर्षीय गणेश विक पक्राउ परेका हुन्।

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्ध सागर चौधरीको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले खोजतलास गरेको थियो। सोही क्रममा साउन २२ गते राति विकलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विकको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्