नेभिगेशन
सुरक्षा अपडेट

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं  । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ बस्ने ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल, धनुषामा उपचार भइरहेको छ।

ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्