नेभिगेशन
सुरक्षा अपडेट

रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा २७० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले बिहीबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ८ हजार ७९० जना प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रहरीका अनुसार बाढीमा रसुवामा १६, नुवाकोटमा १२, धादिङमा २०, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको मृत्यु भएको छ।

बाढीका कारण विभिन्न प्रहरी कार्यालयमा कार्यरत२८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। हालसम्म ३६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ।

बाढी तथा उद्धारका क्रममा घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचार तथा डिस्चार्ज भएका छन्। तीमध्ये २६ जना त्रिवि शिक्षण अस्पताल, २० जना ट्रमा सेन्टर, २ जना वीर अस्पताल, एक जना वीरेन्द्र सैनिक अस्पताल, २ जना नर्भिक अस्पताल र एक जना मनमोहन अस्पतालमा उपचाररत रहेका छन्। यसबाहेक १४ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा सम्पर्क स्थापित गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्