नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी विनाशकारी बाढीमा मृतकको संख्या ३८९ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि फेला परेका शवको संख्या ३८९ पुगेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या ४६६ पुगेको छ। प्रहरीका अनुसार रसुवामा २८९, नुवाकोटमा ९०, धादिङमा ३ र काठमाडौंमा ८४ जनाको तथा उपचार गरिएको छ।

यस्तै, बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ४ हजार ३८४ जना प्रहरी परिचालन गरेको जनाएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्