नेभिगेशन
सुरक्षा अपडेट

विनाशकारी बाढी: थपिदै मृतकको संख्या, ७६८ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ७६८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा त्यसपछिको खोज तथा उद्धारका क्रममा ७६८ जनाको शव फेला परेको जनाएको हो ।

प्रहरीको तथ्यांकअनुसार चितवनमा मात्रै २६४ शव फेला परेका छन् । पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म २ हजार ७१५ जनाको उद्धार गरिएको छ ।

यसैबीच, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्