नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी बाढी: विभिन्न जिल्लामा ९०३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा  हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट २६७ जना घाइते भएका छन्।

विपद्मा फसेका तथा प्रभावितमध्ये हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्