नेभिगेशन
नेपाल प्रहरी

माउजर पेस्तोल पड्किँदा २२ वर्षीय युवक घाइते, ३ जना नियन्त्रणमा

काठमाडौं। रुपन्देहीको देवदह नगरपालिका–५, मितेरी गाउँमा माउजर पेस्तोल पड्किँदा एक युवक घाइते भएका छन्।

४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल खेलाउने क्रममा पड्किँदा २२ वर्षीय रायन खत्री क्षेत्रीको दाहिने गालामा चोट लागेको हो। घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनको अवस्था सामान्य रहेको जनाइएको छ।घटनापछि प्रहरीले घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल बरामद गरेको छ। 

प्रहरीले दुर्गा प्रसाद खरेल, कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्