नेभिगेशन
नेपाल प्रहरी

१८ वर्षीय युवकको हत्या आरोपमा १९ वर्षीय रुपेश पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरेको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई काठमाडौंको खसी बजारमा बस्दै आएका रोशनको हत्या गरेको अभियोगमा सोही ठाउँका रूपेशलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१४ कलंकीमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए । उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले रूपेशलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धानका लागि अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्