नेभिगेशन
नेपाल प्रहरी

१४ लाख ८४ हजार रुपैयाँको अवैध मदिरा बरामद

नवलपरासी । भारतबाट भन्सार छली गरी ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ मूल्यको अवैध मदिरा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले  अनुसार  आज बिहान ३ः४५ बजे सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडक खण्डबाट उक्त मदिरा बरामद गरेको जनाएको छ।

भारतबाट भन्सार छली गरी ११ वटा ठूला हरिया झोलामा राखेर मदिरा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही गरेको जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा बरामद गरेको हो।

प्रहरीका अनुसार ७ वर्ष पुरानो मिश्रित मदिरा ‘ओल्ड मंक’ रमका ७ सय ४२ बोतल बरामद गरिएको छ। प्रत्येक बोतलमा ७ सय ५० मिलिलिटर मदिरा रहेको र प्रतिबोतल २ हजार रुपैयाँका दरले कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद मदिराबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्