नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको ४७ लाख नगदसहित एक महिला पक्राउ

काठमाडौं । प्रहरीले एक जना महिलालाई स्रोत नखुलेको झण्डै ४७ लाख बढी नगदसहित पक्राउ गरेको छ। 

मोरङ प्रहरीले रंगेली नगरपालिका-८ दर्वेशाकी ६५ वर्षीया ज्योति देवी अग्रवाललाई श्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

अग्रवालले घरमा अवैध लाखौं रुपैयाँ राखेको विशेष सूचना पाएर गएको इलाका प्रहरी रंगेलीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।

उनको घर तलासी गर्दा बाकसमा राखेको उक्त नगद फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...