नेभिगेशन
नेपाल प्रहरी

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । प्रहरीले २१ वर्षीय युवकलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ।

धनकुटामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  धनकुटा नगरपालिका-३ स्याउले मोडमा डेरा गरी बस्ने २१ वर्षीय युवक लिलाबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो।

विश्वकर्मा सिन्धुलीको सुनकोशी गाउँपालिका-७ गैरीटोलका स्थायी वासिन्दा हुन् । 

लिलाबहादुरले ती किशोरीलाई आफ्नै कोठामा लगेर ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

धनकुटा प्रहरीले उक्त घटनाबारे लिलाबहादुरलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...