नेभिगेशन
अदालत

इन्जिनियरिङ विद्यार्थी नयन हत्या घटना: मुख्य प्रतिवादी भट्ट कारागार चलान, अर्का धरौटीमा छुटे

काठमाडौं । गत पुस ८ गते ललितपुरका इन्जिनियरिङतर्फका २३ वर्षीय विद्यार्थी नयन गुरुङको हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना कारागार चलान भएका छन् भने अर्का एकजना धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश पुनाराम खनालको इजलासले सुनसरीको इटहरीका नयनको हत्या आरोपमा  मुख्य प्रतिवादी बनाइएका २६ वर्षीय हेमराज भट्टलाई कारागार पठाएको हो भने मतियार बनाइएका जनकबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तामाङ ४० हजार रुपैयाँ धरौटी तिरेर हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

नयनलाई गत पुस ८ गते राति ललितपुरको च्यासलस्थित द टाउन क्याफेमा चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका नयनको सोही रात बी एन्ड बी हस्पिटलमा मृत्यु भएको थियो। उक्त घटनामा प्रहरीले सुदूरपश्चिमका भट्ट र काभ्रेका तामाङलाई पक्राउ गरेको थियो।

कारागार चलान भएका भट्टले नयनलाई रेस्टुरेन्टको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार गरेर हत्या गरेका थिए।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्