नेभिगेशन
अदालत

रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न रुपन्देही अदालतको आदेश

बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहससँगै अदालतले आज बेलुकी दिएको आदेशमा रिहा हुन एक करोड रुपैयाँ धरौटी मागेको हो । 

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध शुरू भएको थुनछेक बहस आज सकिएसँगै आदेश दिएको हो । अदालत परिसर बाहिर रविका समर्थकहरुको बाक्लो उपस्थिति र सुरक्षाकर्मीको संख्या पनि उल्लेख्य रहेको अवस्थामा न्यायाधीश प्रल्हादकुमार योगीको इजलास उक्त आदेश आएको हो । 

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । एक करोड बुझाउन नसके उनी हिरासतमा बस्नु पर्नेछ ।

रुपेन्देहीपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

सरकारी वकिलको तर्फबाट शुक्रबारै बहस सकिएको भए पनि लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहेकाले आज उनी अदालतमा उपस्थित भएपछि बहस शुरू भएको थियो ।

सहकारी ठगीमा बुधबार पहिलो पटक रवि रूपेन्देही अदालतमा उपस्थित भएका थिए । सो दिनपछि हाजिरी जमानीमा रिहा भएका थिए । 

रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासले उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्