नेभिगेशन
अदालत

पत्रकार उदय श्रेष्ठलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नेपालगन्ज । अपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेक पत्रकार उदय बहादुर सिंह श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

बाँके जिल्ला अदालतबाट उदयलाई मंगलबार ३ दिन हिरासतमा राखेर उक्त कसुरमा अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

एक मेडिकल व्यवसायीले उदयले आफूलाई लाखौं पैसा माग गरेको र पैसा नदिए समाचार हालेर व्यवसाय नै ध्वस्त पारिदिने धम्की दिएको भन्दै जाहेरी दिएका पश्चात् बाँके प्रहरीले सोमबार साँझ पक्राउ गरेर थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उदयविरुद्ध सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको छ।अन्य व्यक्तिहरु पीडित भए तत्काल बाँके प्रहरीमा जाहेरी दिन प्रहरीले आग्रह गरेको छ।

बाँके प्रहरीका अनुसार उदयले विभिन्न व्यक्ति र व्यवसायीलाई लक्षित गर्दै सामाजिक सञ्जालहरूमा सामग्री सार्वजनिक गर्ने र बार्गेनिङको माध्यम बनाउँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्