नेभिगेशन
नेपाल प्रहरी

सुर्खेत एअरपोर्टबाट ब्राउन सुगरसहित नविन बुढा र अर्का युवक प्रहरीको नियन्त्रणमा

सुर्खेत सुर्खेतमा लागुऔषधविरुद्ध प्रहरीले गरेको कारबाहीमा ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१२ एअरपोर्ट चोकबाट १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित १८  र २७ वर्षीय युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

ब्राउन सुगरको कारोबार भइरहेको सूचना पाएर गएको जिल्ला प्रहरी सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतको संयुक्त टोलीले विरेन्द्रनगर नगरपालिका - ११ बस्ने १८ वर्षीय दिलिप राना मगर र सोही स्थानका २७ वर्षीय नविन बुढालाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै युवकलाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्