नेभिगेशन
सुरक्षा अपडेट

खोलामा डुबेर दुई युवकको मृत्यु,एक युवक सकुशल

काठमाडौं । खोलामा डुबेर दुई जना युवकको मृत्यु भएको छ। नवलपुरको गैँडाकोट नगरपालिका-३ केलादीस्थित जुक्ती खोलामा डुबेर १६ वर्षीय प्रमिशन पाठक र शिशिर पन्तको मृत्यु भएको हो।

चितवनको भरतपुर महानगरपालिका- का  प्रमिशन र शिशिरको मृत्यु हुँदा १७ वर्षीय अखिल लामिछाने भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

आफ्ना दुई साथी पानीमा डुबेपछि लामछिानेले स्थानीयसँग हारगुहार गरेका थिए । स्थानीयले  प्रमिशन र शिशिरलाई खोलाबाट निकाल्दा उनिहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

मृतक युवकहरुको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्