नेभिगेशन
अपराध

अर्को प्रेम सम्बन्ध लुकाउन सैनिक जवानले आफ्नै श्रीमती प्रेमा वलीको हत्या गरेको पुष्टि

सुर्खेत   सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित झिंगेनारा खोलामा मृत फेला परेकी २६ वर्षीया प्रेमा  वलीको आफ्नै सैनिक जवन श्रीमानले हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

जिल्लाको गुर्भाकोट नगरपालिका-५ की २६ वर्षीय प्रेमालाई उनका नेपाली सेनामा कार्यरत २९ वर्षीय श्रीमान दर्शन खत्रीले हत्या गरेर झिंगेनारा खोलामा शव फालेको प्रहरीसँगको अनुसन्धानका क्रममा बयान दिएको सुर्खेत प्रहरीले जनाएको छ।

सुर्खेतको रत्न राजमार्गको छिन्चु-सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै १ किलोमिटरको दूरीमा आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी खोज्न गएका स्थानीयले झिगेनारा खोलामा पानीमा घोप्टो परेको महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेपछि प्रेमाको  पहिचान त्यस दिनको साँझ मात्रै भएको प्रहरीले जानकारी दिएको छ।

प्रेमाको हत्या भएको आशंकामा अनुसन्धानका लागि कोहलपुरस्थित केनाइन शाखाबाट तालिम प्राप्त कुकुर घटनास्थल ल्याइएको थियो भने शव फेला परेकै साँझ प्रेमाका श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुरुमा दर्शनले नै हत्या गरेको हुन सक्ने भनेर नियन्त्रणमा लिएपनि प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछ गर्दा उनले नै आफ्नो श्रीमतीको हत्या गरेको बयान दिएका थिए।

प्रहरीले दिएको जानकारी अनुसार दर्शनले अर्को प्रेम सम्बन्ध लुकाउन प्रेमाको हत्या गरेको स्वीकार गरेका छन् ।

५ वर्षअघि नेपाली सेनामा नाम निकाल्दै हाल काभ्रेको वीरदल गणमा कार्यरत रहेका दर्शनले अर्की महिलासँग हिमचिम बढाउन थालेको कुरा घरपरिवार हुँदै प्रेमाले माइतीसम्म पुर्‍याएपछि हत्यासम्म गर्नु परेको दर्शनले प्रहरीसमक्ष बयान दिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

सुरुमा सोही कुराले दर्शन र प्रेमाबीच सम्बन्ध केही बिग्रेपनि  दर्शनले गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेपछि प्रेमाले माफी दिएको दर्शनले प्रहरीलाई बताएका हुन्  । ‘तर पुनः  दर्शनले अन्य महिलाहरूसँग सम्बन्ध बनाउने काम नछाडेपछी प्रेमाले घर परिवार माइतीमा भनिदिने भनेपछि प्रेम सम्बन्ध लुकाउन हत्या गरेको दर्शनले बयानमा बताएको सुर्खेत प्रहरीले जनाएको छ।

बारम्बार झगडा हुने गरिरहेको अवस्थामा शनिबार साँझ घर आइपुगेका दर्शनले माइतीमा रहेकी श्रीमती प्रेमालाई  फोनमा अब यस्तो नगर्ने कसम खाएर  लिन बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

"प्रेमाको हत्या गर्ने सोच बनाएर आएका दर्शनले आफ्नो हत्या गर्लान भने के थाहा,उनी दर्शन बोलाएर आइन र झिंगेनारा जङ्गलमा शनिबार बेलुका ७ बजेसम्म उनीहरूबीच झगडा भएपछि हत्या भयो" प्रहरी भन्छ ।

दर्शनले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । ‘ढुङ्गाले टाउकोमा हानेपछि प्रेमा ढलिन् । त्यसपछि उनकै सलले घाँटीमा कस्छन्’, प्रहरी  भन्छ, ‘मृत्यु भएपछि पानीको खाल्डोमा फालेको प्रहरीले जानकारी दिएको छ।

सुर्खेत प्रहरीले दर्शनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जनाएको  । अहिले आएर दर्शनले प्रहरीलाई भनेका छन् -" मैले हत्या गर्नु हुन्थेन,अर्कै महिलासँग सम्बन्ध राख्नु हुन्थेन।"

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्