नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको लाखौं रुपैयाँसहित कैलालीबाट एक भारतीयसँगै टिकापुरका अर्का युवक पक्राउ

कैलाली। प्रहरीले कैलालीबाट श्रोत नखुलेको लाखौं रुपैयाँसहित एक भारतीय र अर्का नेपाली युवकलाई पक्राउ गरेको छ।

कैलाली प्रहरीले भजनी नगरपालिका-५ गुलरीयाघाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई आज  पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रूपैयाँ सहित आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  

नगदसहि पक्राउ परेका दुबै जनासँग आबश्यक अनुसन्धान  गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्