नेभिगेशन
अदालत

बाल मन्दिर जग्गा प्रकरण: १७ जनाविरुद्ध मुद्दा दायर, आरोपीमध्ये ३ जनाको मृत्यु

काठमाडौं काठमाडौंको बाल मन्दिर जग्गा भाडा प्रकरणमा घोटालामा १७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि उक्त प्रतिवेदनअनुसार आज अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरिएको हो।

सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाए पनि  तीन जनाको मृत्यु भइसकेको पाइएको छ। मृत्यु भएका तीन जनाको हकमा सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो।

मृत्यु भएकाहरुमा बृहस्पती विद्यालय व्यवस्थापन प्रालि (वृहस्पती विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य हुन् । उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

मृत्यु भएका  बाहेक १७ जनाविरुद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गर्दै ठगीको कसुरमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएको छ । जसमा ७ वर्षसम्म कैद हुनसक्ने उल्लेख रहेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्