नेभिगेशन
नेपाल प्रहरी

१२ ग्रामबढी खैरो हेरोइसहित दुई भारतीय युवक प्रहरीको नियन्त्रणमा

कैलाली। प्रहरीले धनगढीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा धनगढीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट १२ ग्राम २५० मिलिग्राम  खैरो हेरोइन दुई जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा धनगढी महानगरपालिका-१ बस्दै आएका भारतको उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् । 

पक्राउ परेका दुबै जनालाई आज अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्