नेभिगेशन
सुरक्षा अपडेट

पोखरामा माइक्रो बस दुर्घटना, ४ जनाको अवस्था गम्भीर

पोखरा । बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याउने काम भइरहेको छ । 

‘घाइतेलाई उताबाट पठाइसकेको छ । अस्पताल ल्याउन लागिएको छ,’ उनले भने । उक्त माइक्रो नगर बस भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्