नेभिगेशन
सुरक्षा अपडेट

पोखरामा बसले किचेर ७२ वर्षीया महिलाको मृत्यु

पोखरा । पोखरामा एक महिलाको बसले किचेर  मृत्यु भएको छ।  कास्की प्रहरीका मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजातीकी ७२ वर्षीया ललिता थापा रहेकी छन् ।

आज दिउँसो पौने ४ बजे पोखराको विन्ध्यवासिनीबाट सराङकोट जाँदै गरेको ग१ख ४१५६ नम्बरको बसले किच्दा थापा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

थापा सोही बसमा सवार रहेको र बसबाट ओर्लिएर पाखा नलाग्दै बस गुड्न पुग्दा बसको पछाडिएको चक्काले किचेको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्