नेभिगेशन
सुरक्षा अपडेट

इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु,४ को अवस्था गम्भीर

काठमाडौं । इलेक्ट्रिक माइक्रो  भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट पोखरा जाँदै  गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो भ्यान पोखरा-३२ स्थित  लामेआहालमा आज दुर्घटना भएको हो । 

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको  छ । चालक सहित १० जना घाइते भएका छन् । गम्भिर घाइते ४ जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु  भएको कास्की  प्रहरीले जानकारी दिएको छ।

बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्