नेभिगेशन
नेपाल प्रहरी

सुर्खेतका नयाँ प्रहरी प्रमुख शाहीको स्वागत, एसपी खड्काको बिदाई

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख एसपी सुधिरराह शाहीले पदभार ग्रहण गरेका छन्  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट बैशाख १५ गते सुर्खेत प्रहरी प्रमुखका रुपमा सरुवा भएर  बुधबार  सुर्खेत पुगेका एसपी शाहीलाई विमानस्थलमै स्वागत गरिएको थियो। 

पदभार ग्रहण गर्दै एसपी शाहीले समग्र सुर्खेत जिल्लाको शान्ति सुरक्षा,अपराध नियन्त्रण ,लागुऔषध नियन्त्रण लगायतका कार्यमा डटेर लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । एसपी शाही प्रहरी संगठनभित्र एक अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छ्न।

त्यस्तै यसअघिका सुर्खेत प्रहरी प्रमुख एसपी रुपेश खड्काको बिदाई गरिएको छ। खड्का सुर्खेतबाट नेपाल प्रहरी प्रधान कार्यालयको ईन्टरपोल शाखामा गएका छन् ।

स्वागत तथा बिदाई कार्यक्रममा सुर्खेतका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्