नेभिगेशन
अदालत

रविन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ । 

सर्वोच्चका  न्यायाधीशद्धय तील कुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले आज मिश्रलाऐ हाजिर जमानीमा छोड्न आदेश दिएको हो । 

मिश्र गत चैत १५ गतेको आन्दोलनमा पक्राउ परेका थिए। काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका मिश्रलाई पक्राउ गरेको थियो ।

त्यसयता उनी हिरासतमा थिए । उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्