नेभिगेशन
अदालत

रेशम चौधरीलाई पक्राउ गर्ने पत्र काट्ने अधिकृत बिष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । रेश्म चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमान सिंह बिष्टलाई काठमाडौं जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक  चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए । त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

उक्त पत्रपछि प्रहरीले चौधरीलाई पक्राउ गरेर कारागार समेत पुर्‍याएको थियो । उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्