नेभिगेशन
सशस्त्र प्रहरी

ठुलो परिमाणको प्रतिवन्धित औषधि सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा। पर्साको  वीरगन्ज महानगरपालिका–२ भगुवाबाट सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) प्रतिवन्धित औषधि ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको छ ।

उक्त लागूऔषध सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले आज दिउँसो बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदिको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथै सो लागूऔषध छाडी फरार भएका थिए ।

बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्