नेभिगेशन
नेपाल प्रहरी

सीडीओ जोशीद्वारा जिल्ला प्रहरी बाँकेको निरीक्षण,उच्च नैतिकताकासाथ कार्य सम्पादन गर्न निर्देशन

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मराज जोशीले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरेका छन् ।

आज जिल्ला प्रहरी बाँके पुगेर सीडीओ जोशीले हिरासत कक्ष, कार्यालय भवन र विभिन्न शाखाको अभिलेखिकरण ब्यवस्थापनको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा र उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका हुन् ।

निरीक्षण कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीले जिल्ला प्रहरी बाँकेको तर्फबाट  समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।त्यस्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तिमगरद्वारा धन्यवाद ज्ञापन गरिएको कार्यक्रमको सन्चालन प्रहरी नायब निरीक्षक (सई) लक्ष्मीप्रसाद कँडेलले गरेका थिए।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका सिनियर ,जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्