नेभिगेशन
सुरक्षा अपडेट

पुलबाट जिप नदीमा खस्यो, तीन जनाको मृत्यु

काठमाडौं । पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ।

तनहुँस्थित पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका वडा नम्बर ३ र ४ नम्बर वडा जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको तनहुँ प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको थियो । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।  

तनहुँ प्रहरीले दिएको जानकारी अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा तनहुँको व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही स्थानकै २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका छन्  । उनीहरुको  तीनै जनाको  दमौली अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ प्रहरीले जानकारी दिएको छ। जिपमा पाँच जना सवार रहेका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्