नेभिगेशन
अदालत

जन्मकैदको सजाय पाएका कांग्रेस नेता अफताव आलमलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । रौतहट  जिल्ला अदालतबाट जन्मकैदको फैसला भएका  नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ।

उच्च अदालत वीरगन्जले आलमको मुद्दा उल्ट्यादै सफाइ दिएको हो।

आज उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । 

उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । उनलाई अहिले केन्द्रीय कारागारमा राखिएको छ । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्