नेभिगेशन
सुरक्षा अपडेट

ड्याममा पौडी खेल्न गएका दुई बालकको मृत्यु, सशस्त्र प्रहरीले निकाल्यो शव

पोखरा । कास्कीस्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ।

पोखरा महागनरपालिका–२५ हेम्जा स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको  शवलाई सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ बस्ने १४ वर्षीय बिशाल परियार र १३ वर्षीय विवश परियार पौडी खेल्ने क्रममा आज  दिउँसो पौने  २ बजे डुवेर बेपत्ता भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नंं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवै जनाको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको हो ।

 टोलीले खोजी कार्य गर्ने क्रममा विवश परियारको शव १४ः१० बजे र बिशाल परियारको शव १५ः०० बजे फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्