नेभिगेशन
सुरक्षा अपडेट

ट्रकसँग स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको मृत्यु

काठमाडौं  ।  ट्रकसँग स्कुटर ठोकिँदा एक युवतीको मृत्यु भएको छ।  स्याङ्जाको फेदीखोला गाउँपालिका-१ कुभिण्डेमा भएको दुर्घटनामा पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीया जीतमाया थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी थापाको  उपचारका क्रममा मृत्यु भएको हो । 

स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर आज बिहान ठोकिएको थियो । 

प्रहरीए ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्