नेभिगेशन
अपराध

धारिलो दाउले हानेर श्रीमतीले गरिन श्रीमानको हत्या

काठमाडौं   । २७ वर्षीया श्रीमतीले आफ्नै ३८ वर्षीय  श्रीमानको हत्या गरेकी छिन् । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले आफ्नै ३८ वर्षीय श्रीमान्  रामु कुमाललाई धारिलो दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

प्रहरीले घटनास्थलबाट हतियारसहित  मेखमाया कुमाललाई  पक्राउ गरेको जनाएको छ । 

श्रीमान्–श्रीमतीबीच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचले जानकारी दिदै पक्राउ परेकी मेखमायासँग घटना बार्‍ थप अनुसन्धान भइरहेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्