नेभिगेशन
सुरक्षा अपडेट

टिपरको ठक्करबाट महिला स्कुटर चालकको मृत्यु

पोखरा   टिप्परको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पोखरामाआज दिउँसो टिपरले ठक्कर दिँदा  स्याङ्जाको फेदीखोला गाउँपालिका सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

ठक्करबाट गम्भीर घाइते भएकी मीनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका- २२ पुम्दीभुम्दी बगालटारीस्थित सडकमा छोरेपाटनबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग१ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको ग२६प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

ठक्कर दिने टिपर र चालकलाई पकाउ गरेर दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्