नेभिगेशन
अदालत

बालिका बलात्कार मुद्दामा एक युवक र किशोरलाई १८ र ६ वर्ष जेल

बर्दिया । बर्दियया फरक फरक दुई बालिका बलात्कार मुद्दामा  हालसालै अदालतले दुई जनालाई बर्दिया जिल्ला अदालतले १८ र ६ बर्ष कैद सजायको फैसला गरेको छ।

बर्दिया जिल्ला अदालतको असार १२ गतेको इजलासले करणी गरेको कसुरमा दुई जना फरक फरक कैद सजाय र आर्थिक जरिवाना तोकेको हो ।जिल्ला न्यायाधीश डल्लुराम चौधरीको इजलासले बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको छ ।

अदालतकी सूचना अधिकारी अमृता केसीले १३ बर्ष २ महिना ६ दिनकी बालिकलाई बलात्कार गरेको अभियोगमा थारुलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको जानकारी दिइन ।२०८० फागुन १८ गते थारुले नाबालिकमाथि बलात्कार गरेको अभियोग थियो । पीडितले फागुन २० गते जिल्ला प्रहरी कर्यालय बर्दियामा किटानी जोहरी दिएपछि सोही दिन थारु पक्राउ परेका थिए । यो बीचमा उनी पूर्पक्षका लागि थुनामा पठाइएका थिए ।

त्यस्तै अर्को बलात्कार मुद्दामा एक जना १५ बर्षीय किशोरलाई असार १२ गते नै जिल्ला अदालतले ६ बर्ष कैद सजायको फैसला सुनाएको छ । १२ बर्ष कैदको फैसला भएपनि उनी बालक रहेका कारण आधा मात्रै सजाय तोकिएको हो ।

१२ बर्षीया बालिकाले २०८० पुस १७ गते आँफुमाथि बलात्कार गरेको अभियोगसहित पीडित पक्षले पुष १८ गते प्रहरीमा किटानी जाहेरी दिएकी थिइन ।

पीडित संकेत नम्बर ६६ खोल्टी बजार (ख) को जाहेरीले पीडक संकेत नम्बर ६६ बिहानी बजार (क) जोहेरी परेकै दिन पक्राउ परेका थिए ।

बालक कानुनी बिबादमा परेको उक्त अभियोगमा जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले संकेत नम्बर ६६ बिहानी बजार (क)लाई ६ वर्ष कैद सजाय, साढे २ लाख जरिवाना, १० हजार क्षतिपूर्ती र ७५ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतकी सूचना अधिकारी केसीले बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्