नेभिगेशन
अदालत

पत्रकार दिलभुषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पत्रकार दिलभुषण पाठकलाई काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा छाड्न आदेश ग्रेको छ ।  

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले आज थुनछेक बहसपछि पत्रकार पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । । साइबर अपराधको कसुरमा पत्रकार पाठक आफैं  आज बिहान अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो । 

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको थियो । 

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्