नेभिगेशन
सुरक्षा अपडेट

पौडी खेल्ने क्रममा दुई युवकको खोलामा डुबेर मृत्यु

कैलाली । खोलामा पौडी खेल्ने क्रममा दुई युवकको डुबेर मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका-११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको डुबेर मृत्यु भएको हो।

गौरीगंगा नगरपालिका-११ ऐठामा उनीहरुको घरदेखि करिब ७ सय मिटर टाढा रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्